उपत्यकामा ह्वातै बढ्यो संक्रमित , काठमाडौँ सबैभन्दा बढी
काठमाडौँ २९ असार । गत २४ घण्टाभित्र काठमाडौँ उपत्यकामा ५८७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ४१० जना रहेका छन्। यसैगरी भक्तपुरमा ८० र ललितपुरमा ९७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।