image
image

थप २ हजार ३९८ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ह्वातै घट्यो 

काठमाडौँ २९ असार  ।  नेपालमा थप २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणका क्रममा मंगलबार थप २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ७ हजार ५८ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट १ हजार ६३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। 

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ७५९ जनामा संक्रमण पुष्टि भएको हो। 

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।