image

काठमाडौंमा साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाइने

काठमाडौंमा साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाइने

काठमाडौँ, २९, असार । आजदेखि देशभर कोरोना भाइरस संक्रमण विरुद्धको खोप अभियान सुरु भएको छ । चीनबाट खरिद गरेर ल्याएको ८ लाख डोज खोप देशभरका खोप केन्द्रमार्फत लगाइँदैछ।चीनबाट ल्याइएको भेरोसेल खोप आजदेखि देशभर साउन २ गतेसम्म पहिलो डोज दिइनेछ । 

कोभ्याक्स सुविधामार्फत् अमेरिकाले दिएको १५ लाखभन्दा बढी डोज जोन्सन एण्ड जोन्सन खोप भने काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाउने तयारी भएको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा आज बसेको समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो । 

उपत्यका बाहिरका जिल्लामा पनि आजदेखि नै जोन्सन एण्ड जोन्सन खोप अभियान सुरु गर्ने भनिएको थियो । तर, सम्बन्धित जिल्लामा खोप नपुगेकाले केही दिन पछि धकेलिएको छ । 

उपत्यकाबाहिर खोप पठाउने काम बाँकी रहेकाले अबको केही दिनमा खोप केन्द्रबारे जानकारी दिइनेछ । एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइनेछ ।  

यस्तै, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई उक्त खोप दिइनेछ । 

 जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।