image

कोरोना संक्रमित नागरिकलाई पौष्टिक आहार वितरण

कोरोना संक्रमित नागरिकलाई पौष्टिक आहार वितरण

काठमाडौँ, २९, असार । सर्लाहीको गोडैता नगरपालिकामा सेभ द चिल्ड्रेनले ७५ जना कोरोना संक्रमितलाई पौष्टिक आहार वितरण गरेको छ । गोडैता नगरपालिकामा सञ्चालित समुन्नति कार्यक्रमअन्तर्गत सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार केन्द्रको सहकार्यमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भई होम आइसोलेसनमा बसेका नागरिकलाई उक्त सामग्री वितरण गरिएको छ ।

गोडैता नरपालिकाको ५८ र बलरा नगरपालिकाको १७ गरी जम्मा ७५ जना नागरिकलाई प्रतिव्यक्ति १ किलो हर्लिक्स, १ किलो चेवनप्रास, १ किलो चना, २ सय ५० ग्राम बदाम र २ सय ५० ग्राम प्रोटिनयुक्त पाउडर गरी पौष्टिक आहार प्याकेज वितरण गरिएको हो ।

कोरोना संक्रमित व्यक्तिलाई राष्ट्रिय रोजगार केन्द्र, मंलगवाका अध्यक्ष गायत्रीदेवी महतोले उक्त सामग्री हस्तानान्तरण गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।