साउदीमा कोरोना बाट चार सातामा १२ जना नेपालीको मृत्यु
काठमाडौं, २८, असार। गैरआवासीय नेपाली संघका अनुसार विगत ४ सातामा कोरोना भाइरस संक्रमण महामारीका कारण साउदीमा १२ नेपालीले ज्यान गुमाएका छन्। योसँगै विश्वका २८ देशमा कोरोनाका कारण ४ सय ४७ जनाको मृत्यु भएको छ। हालसम्म विश्वका ५४ देशमा १ लाख १६ हजार ६० जना नेपाली संक्रमित भएका छन् भने यीमध्ये १ लाख ११ हजार ४७ जना कोरोनामुक्त भएका छन्।









