तेन्जिङ नोर्गे शेर्पाबारे फिल्म बनाउँदै ओबामा दम्पती
काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको प्रतिष्ठानले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारे फिल्म बनाउने भएकाे छ।
बाराक र मिसेलको निर्माण कम्पनी ‘हायर ग्राउन्ड प्राेडक्सन्स’ले नेटफ्लिक्सका लागि तीन वटा फिल्म ,दुई वटा टेलीभिजन (दूरदर्शन)धारावाहिक र एउटा वृतचित्र धारावाहिक निर्माण गर्न लागेको हो ।
तीन फिल्ममध्ये एउटा तेन्जिङबारे हुने नेटफ्लिक्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बाराक र मिसेलले निर्माण गर्न लागेको चलचित्रको नाम ‘तेन्जिङ’ नै हुनेछ। तेन्जिङ र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए।

‘तेन्जिङ’ मा सगरमाथा आरोही तेन्जिङकै कथा समेटिने नेटफ्लिक्सले जनाएको छ। यो चलचित्रको स्क्रिप्ट एड डग्लसको पुस्तक ‘तेन्जिङ : हिरो अफ एभरेस्ट’मा आधारित भएर लुक डेभिसले लेखेका छन्। यसको निर्देशन जेनिफर पिडमले गर्नेछिन्।