image
image

ठुला व्यवसायमा बढ्दै महिलाको लगानी 

भक्तपुर। भक्तपुरका महिलाहरु ठुला लगानीमा व्यवसाय गर्न थालेका छन। पर्यटन तथा होटल व्यवसायमा महिलाहरुले संयुक्त लगानी व्यवसाय गर्न थालेका हुन् । नमूनास्वरुप शनिबारदेखि मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा रु. दुई करोडको संयुक्त लगानीमा ‘मिल मि’ रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकदेखि परिवारसम्मलाई लक्षित गरी भक्तपुर जिल्ला मै पहिलो पटक एउटै छानामुनी स्वदेशी तथा विदेशी खानाका परिकार खुवाउने उद्देश्यले ‘मिल मि’ सञ्चालनमा ल्याएकोे प्रबन्ध निर्देशक विपना सापकोटा पौडेलले बताईन । देशव्यापी रुपमा शाखा विस्तार गर्ने उद्देश्यले व्यवसायीक बजारको रुपमा विस्तार भएको मध्यपुरथिमि नगरपालिका–४ राधे राधे क्षेत्रको भाटभटेनी अगाडि सापकोटासहित दुर्गा राई, रमिता कासिछ्वा र भावना खरेलको संयुक्त लगानीमा ‘मिल मि’ सञ्चालनमा ल्याइएको हो । 
    
बेकरी उत्पादन आफ्नै रहेको ‘मिल मि’ मा एक पटकमा ३० जना अटाउने क्षमताको सेमिनार हल र १२० जना ग्राहक अटाउने बताइएको छ । ‘मिल मि’ मा २५ जनालाई रोजगारी समेत दिइएको छ । यहाँबाट भएको आम्दानीको दुई प्रतिशत रकम भक्तपुर जिल्लाको सामाजिक सेवाका क्षेत्रमा खर्च गरिने घोषणा गरिएको छ । साथै एक महिनासम्म २० प्रतिशतसम्म छुट दिने व्यवस्था रहेको जनाईएको  छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।