यस्तो छ नेपाल-भारत रेल सम्झौता
काठमाडौँ २५ असार । नेपाल–भारत रेल सेवा सम्झौता २००४’ का लागि आदानप्रदान पत्रमा हस्ताक्षर भएको छ । दुई देशका सरकारबीच आज एक भर्चुअल समारोहका बीच कूटनैतिक पत्र हस्ताक्षर गरेर आदानप्रदान भएको हो । नेपालका तर्फबाट नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सम्झौता गरेका थिए भने भारतका तर्फबाट भारतीय रेल मन्त्रालय अन्तर्गतको परिचालन एवम् व्यवसाय विकास विभागका सदस्य सञ्जय कुमार मोहांतीले गरेका थिए ।
उक्त सम्झौतामा तेस्रो मुलुकको सामानका लागि भारतीय रेलमार्ग प्रयोग गर्न पाउने सम्झौता भएको छ । यसले विशेष प्रकारका मालडिब्बामा बोकिने मोटरगाडी र अन्य केही वस्तुहरुको ढुवानी खर्चमा कमी ल्याउने विश्वास लिईएको छ । मापदण्ड र प्रक्रिया अनुरुप नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका मालडिब्बाहरुले भारतीय रेल सञ्जालमा (कलकत्ता-हल्दियादेखि विराटनगर-वीरगंज रुटहरुमा) नेपाल आउने मालसामानहरु बोक्न पाउने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै दुतावासबाट जारी प्रेश विज्ञप्तीमा कूटनैतिक पत्रमा दुवैपक्षको हस्ताक्षरसँगै सार्वजनिक तथा निजी कन्टेनर सञ्चालक, मोटरगाडी माल रेल सञ्चालक, विशेष मालसामान रेल सञ्चालक वा भारतीय रेल्वेले स्वीकृत गरेका अन्य माल ढुवानी सञ्चालक लगायतका सबै अधिकार प्राप्त कार्गो रेल सञ्चालकहरुले नेपाल आउने कन्टेनर र अन्य भारत र नेपालबीच ओसारपोसार हुने मालसामान र तेस्रो मुलुकबाट आएका सामान भारतका बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाउने उल्लेख छ ।