image
image

आज निको हुने भन्दा संक्रमित बढी, यस्तो छ पछिल्लो विवरण 

काठमाडौँ २५ असार  नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना संक्रमित बनेका छन् भने एन्टिजेन विधिबाट ७६० जनामा संक्रमण पुष्टि भएको हो ।


यही अवधिमा थप १३१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।कोभिड–१९ बाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् ।


हाल २३ हजार ९२० जना होम आइसोलेसनमा, २ हजार ६ ७० जना संस्थागत आइसोलेसनमा, ५३९ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेका छन् ।५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र कास्की रहेका छन् ।

नेपालमा हालसम्म ४ लाख ६० हजार ७३४ जनाले कोभिसिल्ड खोपको दुई डोज लगाइसकेका छन् भने ५ लाख ३ हजार ७७४ जनाले भेरोसेल खोपको दुवै डोज लगाएका छन् । दुवै डोज खोप लगाउनेको कूल संख्या ९ लाख ६४ हजार ५०८ रहेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।