image
image

हुन्डाईले १० नयाँ विद्युतीय कार सार्वजनिक गर्ने

काठमाडौँ, २५, असार । हुन्डाईले सन् २०२२ सम्म १० वटा नयाँ विद्युतीय गाडीका मोडल सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले हुन्डाई अमेरिकाको आधिकारिक ट्विटरमार्फत सो घोषणा गरेको अटो हिन्दुस्तानले जनाएको छ। सन् २०२२ को अन्त्यसम्ममा हुन्डाईले अमेरिकी उपभोक्ताका लागि १० वटा नयाँ विद्युतीय गाडीको मोडल भित्र्याउने छु, ट्विटमा लेखिएको छ, जसमध्ये सात वटा एसयुभी र तीन वटा कार हुनेछ ।
 
यतिबेला वातावरणलाई ध्यानमा राख्दै विभिन्न सवारी निर्माण कम्पनीहरूले विद्युतीय सवारी निर्माण पक्षमा सकारात्मक चासो देखाइरहेका छन्। हुन्डाई मोटर कम्पनी दक्षिण कोरियाली कम्पनी हो। कम्पनीले अमेरिकामा नयाँ मोडलका विद्युतीय गाडी निर्माणको लागि ७.६ बिलियन अमेरिकी डलरको लगानी गर्ने भनेको छ। अटो हिन्दुस्तानका अनुसार कम्पनीले छिट्टै उत्पादन काम पनि थाल्नेछ। कम्पनीले उल्लेख गरेअनुसार १० वटा नयाँ विद्युतीय गाडीमध्ये सात वटा एसयुभी र तीन वटा कार हुनेछ। 

सन् २०२२ मा सार्वजनिक हुने तीनवटा कार कोना इलेक्ट्रिक, स्यान्टा फी प्लग–इन हाइब्रिड र आइकोनिक ५ विद्युतीय एसयुभी हुनेछ। नयाँ कोना र स्यान्टा फी केहि महिना भित्रै सार्वजनिक हुने अनुमान लगाइएको छ भने आइकोनिक ५ सन् २०२१ भित्रै सार्वजनिक हुने भनिएको छ। 

यसरी हुन्डाईले अमेरिकामा आफ्नो विद्युतीय गाडी सार्वजनिक गर्ने घोषणासँगै कम्पनीले टेस्लासँग प्रतिस्पर्धा गर्दैछ। टेस्लाले पछिल्लो केही समयदेखि अमेरिकी बजारमा विद्युतीय गाडी सार्वजनिक गर्ने प्रयासमा लागिपरेको छ। 

टेस्लाले भारतीय बजारमा भने राम्रो बजार लिइरहेको छ। केही साताअघि मात्रै भारतीय कम्पनी टाटाले पनि सन् २०२५ सम्ममा १० वटा नयाँ विद्युतीय गाडी सार्वजनिक गर्ने घोषणा गरेको छ। विद्युतीय सवारीकोलागि अमेरिकी बजार प्रमुख बजारमध्ये पर्छ। हुन्डाईले यसैलाई आधार बनाएर अमेरिकामा आफ्नो उत्पादन विस्तार गर्न लागिपरेको हो। 

हाल कम्पनीले विद्युतीय सवारीमा कोना, नेक्सो एचसिभी र आइकोनिकका मोडल अमेरिकी बजारमा बिक्री गरिरहेको छ। यसबाहेक कम्पनीले हाइब्रिड र प्लग(इन हाइब्रिड मोडलका गाडीको पनि बिक्री)वितरण गरिहरको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।