image
image

स्नातक सकेर पनि मकै पोलेर जीवन चलाउने शर्मिलाको संघर्षका कथा

काठमाडौँ  २५ असार।  कुनै तहको शिक्षा हाँसिल गरेपछि ठुलै काम गर्नु पर्छ अथवा खेति किसानी एवंम् अन्य सानो काम गर्नु हुन्न भन्ने सोचाईलाई चिर्दै अगाडी बढेकी महिला हुन शर्मिला तिमिल्सिना । 
  
स्नातक तह पास गरेर विहे गरेकी नवलपुरकि शर्मिला अहिले मकै पोलेर आफ्नो जीविका चलाउनु हुन्छ। ६ वर्ष परदेश बसेर फर्किएका उनका श्रीमान पनि तेही पेसामा समर्पित छन्। दुई बच्चाका अभिभावक यी जोडीको दैनिकि अहिले मकै पोल्ने बनेको छ भने सँगै अईस्क्रिमको ठेला पनि छ ।   

    
नवलपुर जिल्ला गैडाकोट नगरपालिका वडा नम्बर सात गैरिमा पूर्व-पश्चिम राजमार्गको छेउको सडकमा मकै बेचेर जिविका चलाउने यी जोडीको कथा वेग्लै छ । ४ वर्ष विदेश बसेर पर्किएका इन्द्र राज कंडेल सँग विवाह गरेकी शर्मिलाले विहेपछि २ वर्ष भन्दा बढी श्रीमानलाई विदेश नपठाउने निर्णय गरिन् । साईकलमा फलफूल र तरकारी बेचेर स्वदेशमै केहि गर्न सकिन्छ भनेर व्यापार सुरु गरेका यी जोडी अहिले ठेलामा मकै बेच्छन् ।


स्वदेशमा सानै काम गरेर पनि आफ्नो जीवनयापन गर्न सकिन्छ भनेर अघि बढेको यो जोडी मासिक ६० हजार सम्म कमाई  हुने गरेको बताउछन् । त्यस्तै हुँदै नभए पनि दिनमा १ हजार खुद नाफा हुने बताए । स्नातक पास गरेर पनि मकै पोलेको भनेर कसैले प्रश्न गर्यो भने संघर्ष र दुख गर्न हिच्किचाउनु हुन्न भन्छिन शर्मिला । 
 
त्यस्तै यी जोडीले ठेलामा मकै पोल्ने काम सँगै घरमा बाख्रा र कुखुरा समेत पोल्ने गरेका छन् । अरुको काम गर्दा भन्दा सानै भएपनि आफ्नो काम गर्दा धेरै खुशी मिल्ने बताउछिन् शर्मिला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।