image
image

प्रदेश २ मा लहानपछि वीरगंजमा टेलिकमको नेट टिभी सञ्चालनको तयारी

काठमाडौँ, २५, असार। सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले वीरगंजमा चाँडै नै नेट टिभी सेवा  सुरु गर्ने भएको छ ।एक वर्ष अघि नै फाइबर(एफटिटिएच) प्रविधिबाट आईपिटिभी इन्टरनेट सेवा अर्थात नेट टिभी शुरु गर्ने लक्ष्य राखे पनि हालसालै मात्रै शहरी क्षेत्रमा परीक्षण पूरा गरी संचालनको तयारी भएको टेलिकमले जनाएको छ।

प्रदेश २ को सिरहाको लहानमा मात्र ६ महिना अघि नेटटिभी सेवा शुरु भएको छ।बाँकी ७ जिल्लामा सेवा सञ्चालन गर्ने लक्ष्य रहे तापनि प्राविधिक कारणको कारण सेवा शुरु गर्न नसकेको प्रदेश २ स्थित नेपाल टेलिकमको प्रादेशिक कार्यालय वीरगंजले जनाएको छ।

कार्यालयका प्रवक्ता रामनारायण महतोले चाँडै वीरगंजको शहरी क्षेत्रमा यो सेवा गर्ने कार्यालयको लक्ष्य रहेको बताए। ‘लहानमा शुरु गरिसक्यौं, वीरगंजमा पनि ठेकेदारले नेट टिभीको परीक्षण गरी सबै तयारी पूरा गरिसकेको छ। ठेकेदार पक्षले अन्तिम प्रतिवेदन केन्द्रीय कार्यालयलाई बुझाएपछि सेवा शुरु हुनेछ,’ उनले भने।

उनका अनुसार हाल वीरगंजमा फाइबर टु द होम(एफटिटिएच)को तामाको केबलबाट एडिएसएल सेवा मात्र सञ्चालनमा रहेको छ।नेट टिभी सञ्चालनमा आएपछि इन्टरनेट र टिभी पनि चल्ने छ। अन्य केवल अपरेटर वा डिस टिभीको आवश्यकता  नपर्ने उनको भनाइ छ।

नेट टिभीको लागि वीरगंज बजारको मुख्य शहरी क्षेत्रमा फाइबर भूमिगत रुपमा ओछ्याइसकेको उनको भनाइ छ। नेट टिभीले वर्ल्ड लिंक, भायनेट, क्लासिक टेक, ब्रोडलिंकलगायतका निजी इन्टरनेट सेवा प्रदायक संस्थासँग प्रतिस्पर्धी रुपमा सेवा दिनुपर्ने चुनौती टेलिकममाथि छ।

टेलिकमले प्रदेश २ का आठै जिल्लामा हाल फाइबरबाट एडिएसएल इन्टरनेट सेवा दिँदै आएको छ। प्रदेश २ को पर्साको वीरगंजमा १२ हजार ग्राहकको क्षमता रहेकोमा जम्मा १६ सय जना छन्। चार हजार ८० क्षमता रहेको बाराको सिमरामा २५० जना, १३ सय ९२ क्षमता रहेको कलैयामा १८० जना, २२ सय क्षमता रहेको सप्तरीको राजविराजमा जम्मा ४ सय २५ जना र ३ हजार जनाको क्षमता रहेको सिरहाको लहानमा ८ सय जना मात्र एडिएसएलका ग्राहक रहेको नेपाल टेलिकमको प्रादेशिक कार्यालय वीरगंजले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।