भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार संक्रमित थपिए, ९११ जनाको मृत्यु
काठमाडौँ, २५, असार । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४३ हजार ३ सय ९३ नयाँ संक्रमित थपिएका छन्।यो अवधिमा ४४ हजार ४ सय ५९ जना संक्रमणमुक्त भएका छन् भने ९ सय ११ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिलेसम्म भारतमा ३ करोड ७ लाख ५२ हजार भन्दा धेरैलाई संक्रमण पुष्टि भैसकेको छ। ती मध्ये २ करोड ९८ लाख ८८ हजार भन्दा धेरै संक्रमणमुक्त भैसकेका छन्।
भारतमा अहिलेसम्म ४ लाख ५ हजार ९ सय भन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।अहिले भारतमा ४ लाख ५८ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।
भारतले आफ्ना ३६ करोड ८९ लाख भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्र लगाइसकेको छ।