कोरोना संक्रमणबाट एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु
काठमाडौँ, २५, असार।कोरोना भाइरस सङ्क्रमण महामारीबाट इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ।माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो।श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे मृत्यु भएको हो।लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।सङ्क्रमित सबै होमआइसोलेशनमा थिए।मृतकका दुई छोरा,एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित छन्।









