विश्वमा पछिल्लो २४ घन्टामा कोरोनाबाट ८ हजार २२० जनाको मृत्यु
काठमाडौं, २५, असार।कोरोना भाइरसको संक्रमण महामारीबाट विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार २२० जनाको मृत्यु भएको छ।सबैभन्दा बढी ब्राजिलमा १ हजार ७३३ जनाको मृत्यु भएको छ भने ५३ हजार ७४९ जना संक्रमित थपिएका छन्। इन्डोनेसियामा ८५२, रुसमा ७३४, भारतमा ४७०,अमेरिकामा २५९, अर्जेन्टिनामा ४६५,कोलम्बियामा ५७७, इरानमा १३६, मेक्सिकोमा २३४, दक्षिण अफ्रिकामा ४६०,चिलीमा १८६, फिलिपिन्समा १९१, बंगलादेशमा १९९, मलेसियामा १३५ जनाको मृत्यु भएको छ।









