विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो
काठमाडौं, २४, असार। विश्वमा कोरोना भाइरस संक्रमण महामारीबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ। सन् २०१९ डिसेम्बर अन्तिम सातामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिए यता उक्त संख्यामा मृत्यु भएको हो। वल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १८ करोड ५८ लाख ४९ हजार २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भइसको छ। विश्वमा रहेका संक्रमितमध्ये २।१६ प्रतिशतको मृत्यु भएको छ।









