image
image

डब्लुटीओको नेतृत्व पहिलोपटक अफ्रिकी महिलाले गर्ने 

काठमाडौँ । विश्व व्यापार संगठनको आगामी कार्यकालको नेतृत्व पहिलो पटक अफ्रिकी महिलाले गर्ने पक्का भएको छ।  

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले नाइजेरियाकी पूर्व अर्थमन्त्री डा. नगोजी ओकोनिजो लवालाको नाम सिफारिस गरेका छन । यस अघि पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले दक्षिण कोरियाकी यो माइयुङ हिलाई समर्थन गरेको थियो। 

राष्ट्रपति बाइडेनले नाइजेरियाकी लवालालाई समर्थन गरेसँगै दक्षिण कोरियाकी योले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन। योको उम्मेदवारी फिर्तासँगै विश्व व्यापार संगठनको प्रमुखमा पहिलो पटक अफ्रिकी महिला नाइजेरियाकी डा. नगोजी ओकोनिजो लवाला नेतृत्व सुनिश्चित भएको हो ।

आगामी अक्टोबर महिनामा १ सय ६४ राष्ट्र सदस्य रहेको डब्लुटीओको नयाँ नेतृत्व चयन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।