कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो
काठमाडौं, २२, असार।कोरोना भाइरसको संक्रमण महामारीका कारण विश्वमा मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ। वल्डोमिटर्सका अनुसार कोरोना संक्रमणका कारण हालसम्म ४० लाख ३०९ जनाको मृत्यु भइसकेको छ।सबैभन्दा बढी अमेरिका ६ लाख २१ हजार ३३५, ब्राजिलमा ५ लाख २५ हजार २२९,भारतमा ४ लाख ३ हजार ३१०, रुसमा १ लाख ३८ हजार ५७९ र बेलायतमा १ लाख २८ हजार २३१ जनाको मृत्यु भएको छ।









