image
image

१२ खर्बमा बनेको चीनको नयाँ भव्य विमानस्थल सञ्चालनमा

काठमाडौँ २१ असार ।चीनको बहुप्रतिक्षित छेङ्गदु टियान्फु अन्तरराष्ट्रिय विमानस्थल आधिकारिक रुपमा सञ्चालनमा आएको छ ।
सिचुवान एयरलाइन्सले आइतबार बिहान स्थानीय समयानुसार ११ बजे बेइजिङका लागि पहिलो उडान भर्यो ।


सिचुवान प्रान्तको राजधानी छेङ्डु दुईवटा अन्तरराष्ट्रिय विमानस्थल भएको देशको तेस्रो शहर हो ।यो विमानस्थल ७० बिलियन चिनियाँ युआन (१०.८ बिलियन डलर) अर्थात् १२ खर्ब रुपैयाँको लागतमा बनेको हो ।

यो विमानस्थल ७१०,००० स्क्वायर मिटरमा फैलिनुका साथै तीनवटा रनवे छन् भने दुईवटा टर्मिनल छन् । यो विमानस्थलले वर्षमा १० करोड यात्रुलाई उडान गराउन सक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।