image
image

परिक्षण घट्दा घट्यो संक्रमित संख्या, कति भेटिए आज ? 

काठमाडौँ २० असार । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ । 


मन्त्रालयका अनुसार दुबै विधिबाट  ८ हजार १३२ जनाको परीक्षण हुँदा आरटीपीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ४२  र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५६१ कोरोनभाइरस संक्रमण पुष्टि भएको छ । 


दुबै विधिबाट भएको परीक्षणमध्ये १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


यस्तै काठमाडौं उपत्यकामा ४६१ जनामा संक्रमण पुष्टि भएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना कोरोनामुक्त भएका छन् भने सोही अवधिमा २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।