साउदीमा युएई, इथियोपिया, भियतनामबाट आउने यात्रुलाई प्रवेश निषेध
काठमाडौँ १९ असार । साउदी अरबले युएई, इथियोपिया, भियतनामबाट आउने यात्रुलाई प्रवेश नदिने निर्णय गरेको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि साउदीले उक्त देशबाट आउने यात्रुलाई प्रवेश निषेध गरेको हो । नयाँ प्रतिबन्धहरू आइतवार रातिदेखि लागू हुने बताईएको छ ।
त्यस्तै साउदी अरबबाट विदेश जान चाहने आफ्ना नागरिकलाई भने आधिकारिक सरकारी निकायबाट अनुमति पाएपछि मात्र यी देशहरू भ्रमण गन पाउने बताएको छ । यसैबीच संयुक्त अरब इमिरेट्स (युएई) ले परराष्ट्र मन्त्रालय र राष्ट्रिय प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणले यात्राको मौसम शुरू भएपछि नागरिकहरूले कोभिड–१९सम्बन्धी सबै सावधानी र रोकथामका उपायहरू पालना गर्नु आवश्यक रहेको बताएको छ ।
यूएईको नागरिक उड्डयन प्राधिकरणले एक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गोे, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको हो । यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ ।
युएईका अधिकारीहरूले युएईका नागरिकहरूलाई उनीहरूको यात्राको क्रममा कोभिड– १९ सङ्क्रमण पुष्टि भएमा देशले लागू गरेको सबै निर्देशन तथा स्वास्थ्य नियमहरूको पालना सुनिश्चित गर्नका लागि अलग्गै बस्नुपर्ने बताएका छन् ।