image
image

थप २ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि, कति भए निको ?

काठमाडौँ  १८ असार ।शुक्रबार थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।आज  कुल १० हजार ५९६ जनाको नमूना परीक्षण गरिएको थियो।



त्यस्तै  ६ हजार ५ सय ६६ को पिसिआर विधिबाट परीक्षण गर्दा १३९१ लाई संक्रमण पुष्टि भएको थियो भने ४ हजार ३० मा एन्टिजेन परीक्षण गर्दा ९०८ मा पोजेटिभ देखिएको थियो।  पछिल्लो २४ घण्टामा ३४५१ जना निको भएका छन्।



हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरूको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ। यस्तै  निको हुनेको दर ९४  प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

त्यस्तै थप ३४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।