कुवेतले खोल्यो १२ देशका लागि हवाई उडान
काठमाडौँ १८ असार । कुवेतले १२ देशमा सिधै हवाई उडान खोलेको छ । कुवेत सरकारले १ जुलाईदेखि लागु हुने गरि उडान खुला गरेको हो ।
उडान खुला हुनेमा बोसनिया हर्जगोभिना, बेलायत, स्पेन, अमेरिका, हल्याण्ड, इटाली, अस्ट्रिया, फ्रान्स, कीर्गिस्तान, जर्मनी, ग्रीस र स्विट्जरल्याण्ड रहेको छ । तर नेपाललाई भने अझै खुला गरिएको छैन ।
यस्तै, सरकारले कोरोनाविरूद्धको खोप फाइजर–बायोन्टेक, अक्सफोर्ड–अस्ट्राजेनेका, मोडर्ना र जोन्सन एण्ड जोन्सनलाई मान्यता दिएको छ। सरकारले १ अगस्टदेखि खोपको पूर्ण मात्रा लगाएका व्यक्तिलाई समुन्द्री तट तथा रोडबाट प्रवेश गर्न अनुमति दिने घोषणा गरेको छ।