image
image

यूएईका नागरिकलाई नेपालसहित १४ देशमा जान रोक


काठमाडौँ १८ असार ।  यूएईले आफ्ना देशका नागरिकलाई नेपालसहित १४ देशमा जान रोक लगाएको छ । कोरोना संक्रमणको जोखिम रहेको भन्दै बुधबारदेखि यी देशको यात्रामा प्रतिबन्ध लगाएको हो ।


यूएईको वैदेशिक मामिला मन्त्रालय तथा राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले यूएईका नागरिकलाई नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, जाम्बिया, भियतनाम, नामिबिया, कंगो, युगाण्डा, सिरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया जान प्रतिबन्ध लगाएको छ । यद्यपी यूएईमा रहेका कुटनीतिक नियोगका कर्मचारी, आपतकालीन उपचार गर्नुपर्ने बिरामी, आधिकारिक तथा प्राविधिक प्रतिनिधि र पहिले नै स्वीकृत व्यवसायीहरुलाई भने यो प्रतिबन्ध लगाईएको छैन । 

त्यस्तै रोक नलगाईएको देशमा भने उक्त देशको सम्बन्धित निकाय र यूएईको स्वास्थ्य विभागको स्वीकृति सहित स्वास्थ्य मापदण्डको पालना गरि स्वदेश फर्किन सक्ने बताइएको छ । यता बैशाख २९ देखि नेपालसहित विभिन्न देशका नागरिकको यूएई प्रवेशमा समेत रोक लगाएको छ ।
  
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।