image
image

चन्द्रागिरीले हरेक हप्ता राजमार्ग सरसफाई गर्ने  

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाई गर्ने भएको छ । सडक सौन्दर्यका लागि नगरपालिकाले हरेक हप्ता सफाई गर्न लागेको हो । 

बसबाट यात्रुले जथाभावी फोहोर फाल्दा सडक फोहोर भएकाले हरेक हप्ता सफाई गर्न लागेको नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताए । “चन्द्रागिरिले चालु आर्थिक वर्षका लागि सडक सरसफाइमा रु २० लाख र राजमार्गको बीचभागमा सडक डिभाइडर, तारजाली राख्नका साथै त्यसमा इनामेल तथा रङरोगन गर्नका लागि रु ५० लाख रकम विनियोजन गरेको छ" । नगरप्रमुख गिरिले भने । 

उक्त नगरपालिकाले रु एक करोड लागतमा पिप्लामोड–नागढुङ्गा–कलङ्की क्षेत्रमा सडक बत्तीसमेत राख्न लागेको छ । यसैगरी, सो नगरपालिकाले राजमार्ग क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि एक करोडको लगानीमा ६८ वटा अत्याधुनिक सिसि क्यामरा जडान गरिसकेको छ । 

चन्द्रागिरि नगरपालिकामै एशियाली विकास बैँकको सहयोगमा नेपालकै पहिलो सुरुङ मार्गसमेत निर्माण हुन लागेको छ । जसको निर्माण कार्य धमाधम भइरहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।