image
image

पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन जोड

काठमाडौं माघ २४ । नेपाल पर्वतारोहण संघको १८ औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । उक्त समारोहमा पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन आग्रह गरेका थिए ।  विश्वका हिमाल र हिमालीका बारेमा एउटै छानामुनि अध्ययन अवलोकन गर्न सकिने अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्यटक आकर्षणको एक केन्द्र पनि हो । 

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रदेशको समृद्धि र विकासको प्रमुख आधारका रुपमा पर्यटनलाई लिइएको बताउँदै पोखराको घुम्नै पर्ने पर्यटकीयस्थलका रुपमा सङ्ग्रहालयलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले प्रदेशको गहनाका रुपमा रहेको सङ्ग्रहालयलाई विद्यार्थीको अध्ययन अवलोकनको थलोको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

सुन्दर नगरी पोखरामा पर्यटकबाट नै धेरै लाई रोजगारी एवम् जीवनयापनमा ठुलो भूमिका रहेको भन्दै समहरोमा बोल्ने अधिकांश वक्ताले पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन आग्रह गरेका छन् । 
 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।