कतारमा डिजिटल ठगीमा पर्नुभयो ? यी नम्बरमा गर्नुहोस् फोन
काठमाडौँ १७ असार। कतार स्थित नेपाली देतावासले नेपाली नागरिकलाई डिजिटल ठगीबाट बच्न आग्रह गरेको छ । टेलिफोन नम्बरहरुबाट सम्पर्क गरी विभिन्न बहानामा आफ्ना वैयक्तिक जानकारीहरु लिने र त्यसको दुरुपयोग गरी बैंक खाताबाट अनधिकृत रुपमा पैसा झिक्ने गरेका गुनासा आएको भन्दै त्यसतर्फ सतर्क रहन कतारमा रहेको नेपाली दूतावासले आग्रह गरेको हो ।
कतारको प्रहरी, गृह मन्त्रालय लगायत सरकारी निकाय तथा कतारमा रहेका बैंकहरुले टेलिफोनमार्फत एटिएम कार्ड, पिन कोड वा एटीपी कोड लगायत वैयक्तिक विवरण नमाग्ने हुँदा आफ्नो विवरण नदिन आग्रह गरेको छ ।
यदि कसैले फोन गरेर वा अन्य माध्यमबाट यस्ता वैयक्तिक विवरण माग गरेमा कतारको गृह मन्त्रालयको फोन नम्बर २३४७४४४ वा ६६८१५७५७ मा सम्पर्क गर्न वा सम्बन्धित् बैंकलाई जानकारी गराउन दूतावासले आग्रह गरेको छ ।