image
image

भोलिदेखि भिसा सेवा सुरु हुने

काठमाडौँ १७ असार । अध्यागमन विभागले भोलिदेखि भिसा सेवा सुरु गर्ने भएको छ ।सरकारले निषेधाज्ञा खुकुलो पर्दै उडान पनि संचलान गरेपछि मापदण्डको पालना गर्दै असार १८ देखि सुरु हुने विभागले जनाएको हो । 


त्यस्तै गएको बैशाख १५ अर्थात् अप्रिल २८ सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४ भित्र नेपालबाट प्रस्थान हुने भएमा निःशुल्क भिसा नियमित गरिने अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै निःशुल्क भिसा नियमित गरिने विभागको सूचनामा उल्लेख छ ।

यस्तै नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्नका लागि विभाग वा अन्तर्गतका कार्यालयहरुमा आवेदन गरेमा विलम्ब शुल्क र जरिवाना नलिइ भिसा नियमित गरिने पनि विभागले जनाएको छ । तर, असार २४ गतेपछि भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा भने नियम अनुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिबाना लाग्ने बताईएको छ । 

निषेधाज्ञाको अवधि एक सय ५० दिनमा गणना नहुने भएकाले यो वर्ष कोरोनाका कारण अवधि बढाएर दुई सय १० दिन बनाइएको छ ।  

         
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।