असार २२ देखि भेरोसेल खोप लगाईने
काठमाडौं, १७, असार। स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असार २२ गतेदेखि कोरोना भाइरस संक्रमण विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ। भेरोसेलका पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई असार २२ गतेदेखि २४ गतेसम्म खोप लगाइने मन्त्रालयले बताएको हो। जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी आफूलाई पायक पर्ने खोपकेन्द्रमा पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप लगाउन पाईने मन्त्रालयले बताएको छ।









