आइतबारदेखि श्रम कार्यालय ताहाचलले नियमित सेवा दिने
काठमाडौँ १६ असार । आउँदो आइतबार अर्थात् असार २० गतेदेखि वैदेशिक राेजगार विभाग, श्रम कार्यालय ताहाचलले नियमित सेवा दिने भएको छ । यस अघि कोरोना सङ्क्रमण रोकथामका लागि भएको निषेधाज्ञा अनुसार हप्तामा एक दुई र तीन दिन श्रम स्वीकृति प्रदान गर्दै आएको थियो ।
सरकारले निषेधाज्ञासँगै अन्तर्राष्ट्रिय उडान पनि खुलाउँदै लगेपछि कार्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै नियमित रूपमा श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ । यद्यपी बायोमेट्रिक भएका र अनलाइनबाटै पनि श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरूलाई अनलाइनबाटै सेवा लिन विभागले अनुरोध गरेको छ ।
त्यस्तै विभागले बायोमेट्रिक नभएका र व्यक्ति स्वयम उपस्थित हुनै पर्ने काम बाहेक अन्य व्यक्तिहरूलाई सेवा प्रदान नगर्ने पनि जनाएको छ ।