image
image

जुलाईको लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

काठमाडौँ १६ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई महिना भरिको लागि अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ। प्राधिकरणले बार अनुसार उडान गर्ने गरि ११ वटा गन्तव्यको लागि उडान तालिका सर्वाजनिक गरेको हो।

तालिका अनुसार आइतबार नेपाल एयरलाइन्सले दोहा उडान गर्ने छ। सोमबार कतार एयरलाइन्सले दोहा, हिमालय एयरलायन्सले दमाम, जजिरा एयरवेजले कुवेत उडान गर्ने छ। त्यस्तै मंगलबार नेपाल एयरलाइन्सले दुवई, एयर अरवियाले काठमाडौं–सारजहा, मालिन्डो एयरले मलेसिया–काठमाडौं उडान गर्ने छ।


बुधबार नेपाल एयरलाइन्सले दिल्ली र दोहा उडान गर्दैछ भने हिमालय एयरलाइन्सले दुवै उडान गर्नेछ। विहीबार साथै टर्किसएयरलायन्ले इस्तानबुल–काठमाडौं उडान गर्ने छ भने शुक्रबार एयर इन्डियाले दिल्ली–काठमाडौं, फ्लाई दुवईले दुवई–काठमाडौं, हिमालय एयरलाइन्सले दमाम र नेपाल एयरलाइन्सले जापानको नारितामा उडान गर्ने छ।

यसैगरी शनिबार  दोहा–काठमाडौं कतार एयरवेज, इस्तानबुल–काठमाडौं टर्किस एयरलाइन्स, ओमान–काठमाडौं सलाम एयर र नेपाल एयरलायन्सले मलेसिया उडान गर्ने तालिकामा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।