टर्कीद्वारा नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान प्रतिवन्ध
काठमाडौँ । टर्कीले सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ ।कोरोना भाइरसको नयाँ ‘भेरियण्ट’ को कारण देखाउँदै उसले नेपालसहित अन्य ६ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।
टर्कीको गृह मन्त्रालय सोमबार सूचना जारी गर्दै नेपालसहित भारत, बंगलादेश, ब्राजिल, दक्षिण अफ्रिका र श्रीलंकबाट हुने उडान बन्द गरिएको जानकारी दिएको छ । नेपाल सरकारले अघिल्लो साता मात्र नेपालमा कोरोना महामारी कम भएको भन्दै टर्कीका लागि पनि अन्तराष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको थियो । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ ।