image
image

अभिमुखीकरण तालिमलाई थप पारदर्शी बनाउन निर्देशन

काठमाडौँ १३ असार । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमलाई थप पारदर्शी बनाउन निर्देशन दिएको छ । विभागको अनुगमन तथा अभिमुखीकरण शाखाले अभिमुखीकरण तालिम प्रदायक संस्थालाई थप पारदर्शी बनाइ ठगी हुनबाट रोक्न विभिन्न निर्देशन जारी गरेको हो ।

उक्त निर्देशन अनुसार तालिम प्रदायक संस्थाले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस)मा सञ्चालकको मोबाइल नम्बर अनिवार्य राख्नुपर्नेछ भने तालिम कक्षा सञ्चालन भइरहेको समयमा विभागबाट भिडियो कलमार्फत सम्पर्क हुन सक्ने गरी ईमो भाइबर वा ह्वाट्सअप नम्बर आईडी उपलब्ध गराउन पर्नेछ । 

त्यस्तै  प्रशिक्षार्थीहरुको प्रत्येक सत्रको बायोमेट्रिक हाजिरी सत्र समाप्तिपछि त्यही दिन एफईआईएमएसमा प्रविष्ट गर्नुपर्ने, कार्यालय रहेको स्थान पहिचान हुनेगरी कार्यालयको स्पष्ट ‘लोकेशन म्याप’ उपलब्ध गराउनुपर्ने, विभागमा नाम दर्ता गरेका प्रशिक्षकहरुबाट मात्रै कक्षा सञ्चालन गर्नुपर्ने लगाएतका विषयमा  निर्देशन दिएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।