image
image

ओमनले विदेशी लगानीकर्तालाई दश वर्षे भिसा दिने

काठमाडौँ १३ असार । ओमनले विदेशी लगानीकर्तालाई दश वर्षे भिसा दिने घोषणा गरेको छ । सो घोषणा पछि अब ओमनमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले पाँचवर्षे नवीकरणीय भिसा तथा दश वर्षे आवासीय पाउने भएका छन् । ओमनले  वैदेशिक लगानी आकर्षित गर्न विदेशी लगानीकर्तालाई विभिन्न सुविधा समेत दिइने घोषणा गरेको छ।

विदेशी लगानीकर्ताका लागि उद्योग, पर्यटन, खानी, कृषि, मत्स्यपालन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिलगायतका क्षेत्रलाई लक्षित गरी अगाडि सारिएको छ । त्यस्तै यो कार्यक्रमले ओमनलाई विश्व बजारमा प्रतिस्पर्धी बन्न, व्यापार बढाउन, उद्योगलाई सुदृढ पार्न र लगानीकर्तालाई सशक्तीकरण गर्न मद्दत पुग्ने समेत अपेक्षा गरिएको छ । कार्यक्रमले दीर्घकालीन विकासको भावनाअनुरूप उत्पादन, वितरण तथा वस्तु एवं सेवाको खपतसँग सम्बन्धित ‘ग्रिन एन्ड सर्कुलर इकोनोमी’लाई प्रवर्द्धन गर्ने विश्वास समेत गरिएको छ।
 


    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।