image
image

 ६ अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौँ, १३, असार । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले करिब ७ करोड ६८ लाख मूल्य बराबरका ६ थान अक्सिजन प्लान्ट नेपाल ल्याउन सहजीकरण गरेको छ । निजी क्षेत्रसँगको सहकार्यमा एनबीआईले प्रतिघण्टा ३६ क्युबिक लिटर प्रतिघण्टाका दरले अक्सिजन उत्पादन गर्न सक्छन् । यी अक्सिजन प्लान्ट २०० शय्या क्षमताका अस्पतालका लागि उपयुक्त हुने एनबीआईले जनाएको छ । यी अक्सिजन प्लान्टको जडान समेत कुल शुल्क १ करोड २८ लाख रुपैयाँ पर्छ ।

यी अक्सिजन प्लान्टहरू हेटौंडा अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर अस्पताल, जनमैत्री अस्पतालमा जडान गरिनेछ । हेटौँडा अस्पतालका लागि मकवानपुर उद्योग वाणिज्य संघ र शुक्रराज अस्पतालका लागि आइएमई फाउण्डेसनले शत प्रतिशत अनुदानमा अक्सिजन प्लान्ट उपलब्ध गराएको हो । त्यस्तै र्कीतिपुर नगरपालिकाको ७५ प्रतिशत र एनबीआईको ७५ प्रतिशत अनुदानमा र्कीतिपुर अस्पताललाई अक्सिजन प्लान्ट उपलब्ध गराइएको बताइएको छ । अक्सिजन प्लान्टसँगै टर्कीबाट प्लान्ट जडान र मर्मत सम्भार तथा तालिमका लागि प्राविधिक प्रशिक्षकहरू पनि आएको एनबीआईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।