image
image

ह्वातै घट्यो संक्रमित संख्या, यस्तो छ पछिल्लो विवरण 

काठमाडौँ  १२ असार । नेपालमा  पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न जानकारी दिएको छ । मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । शुक्रबार थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 



यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । 


हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् भने कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।