image

साताको शेयर बजार: एकै हप्तामा लगानीकर्ताले करीब २ खर्ब गुमाए

साताको शेयर बजार: एकै हप्तामा लगानीकर्ताले करीब २ खर्ब गुमाए

काठमाडौं । यो साता शेयर बजारका सबै महत्वपूर्ण परिसूचकहरु घटेका छन् । समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्ससँगै समूहगत सबै परिसूचक गत साताभन्दा यो साता घटेका हुन् । यी सँगै कारोबार रकम, कारोबार कित्ता र कुल बजार पूँजीकरण पनि गत साताभन्दा यो साता कम भएको छ ।

गत साताको तेस्रो कारोबार दिनदेखि ओरालो लागेको शेयर बजार यस साताको तेस्रो कारोबार दिन बढेपनि बाँकी दिन भने निरन्तर घटिरहेको छ । धितोपत्र दोस्रो बजारमा २०० भन्दा बढी कम्पनी सूचीकृत रहेपनि ५१ ओटा कम्पनीहरुको नियामक निकायको धारणाले समग्र बजारलाईनै असर पुर्‍याएको हो । 

नियामकले कम्पनीहरुप्रति नकारात्मक धारणा भन्दा पनि यी कम्पनीहरुको वित्तीय अवस्था अनुसार बजारमूल्यमा उतारचढाब देखिएकाले अध्ययन अनुसन्धानपश्चात मात्र लगानी गर्ने सचेत गरेको बताउँदै आएको छ । बजार विकास र विस्तारका लागि निरन्तर सरकारात्मक कदम चाल्दै आएको बोर्डको गत साताको ५१ कम्पनीहरु प्रतिको धारणा समेटिएको प्रेस विज्ञप्तीले भने बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ ।  

गत साताभन्दा यो साता नेप्से परिसूचक ४ दशमलव २३ प्रतिशत अर्थात् १२५ दशमलव ४७ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ९६८ दशमलव ४३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८४३ विन्दुमा कायम भएको हो । साताको पहिलो कारोबार दिन ६३ दशमलव २८ अंक, दोस्रो दिन ७१ दशमलव शून्य ६ अंक घटेको बजार तेस्रो दिन भने ७९ दशमलव ४४ अंकले बढेको थियो । 

चौथो दिन ५१ दशमलव ६५ अंकले फेरी घटेको बजार पाँचौ दिन १६ दशमलव ९६ अंकले घटेको छ । यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा १५ दशमलव ४७ अंक अर्थात् २ दशमलव ८६ प्रतिशतले कमि आएको छ । गत साता ५४१ दशमलव ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२५ दशमलव ६५ विन्दुमा बन्द भएको हो ।

यो साता गत साताभन्दा कारोबार रकम रू. ३२ अर्ब २३ करोड १३ लाख ७६ हजारले कम भएको छ । गत साता रू. ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार बराबरको कारोबार भएकोमा यो साता रू. ४९ अर्ब १२ करोड १० लाख ९ हजार बराबरको शेयर कारोबार भएको हो । यो साता अन्तिम कारोबार दिन कारोबार रकम रू. ७ अर्ब ३ करोडमा खुम्चिएको छ ।

कारोबार रकम घटेसँगै कारोबार कित्ता पनि घटेको छ । गत साता १५ करोड १७ लाख ७ हजार ४८२ कित्ता शेयर कारोबार भएकोमा यो साता १० करोड २२ लाख ६५ हजार ५४१ कित्ता शेयर कारोबार भएको हो । गत साताभन्दा यो साता ४ करोड ९४ लाख ४१ हजार ९४१ कित्ता कम शेयर कारोबार भएको हो ।

यो साता बजारका सबै सूचकहरु नकारात्मक हुँदा लगानीकर्ताहरुको सम्पत्तिको मूल्य रू. १ खर्ब ८९ अर्ब ६६ करोड ९० लाख ३३ हजार घटेको छ । गत साता रू. ४१ खर्ब ३९ अर्ब २८ करोड ८० लाख ५३ हजार रहेको कुल बजार पूँजीकरण रकम रू. ३९ खर्ब ४९ अर्ब ६१ करोड ९० लाख २० हजारमा झरेको छ । 
-आर्थिक अभियान दैनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
Oahczo

purchasing viagra on the internet - <a href="https://bestusasild.com/">buy sildenafil for sale</a> canadian viagra online pharmacy

Rgkxuy

levofloxacin 250mg usa - <a href="https://rcialipll.com/">cialis 5mg without prescription</a> levitra vs cialis

Uxtyqy

buy losartan without prescription - <a href="https://topamaxn.com/">order topiramate pills</a> phenergan for sale

प्रतिक्रिया दिनुहोस्

तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

सम्बन्धित समाचार

यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।