image

गैरआवासीय नेपाल सङ्घद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

गैरआवासीय नेपाल सङ्घद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

झापा ११ असार।  कोभिड–१९ का बिरामीलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले गैरआवासीय नेपाल सङ्घले झापा, इलाम, पाँचथर र ताप्लेजुङलाई गरी २५ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।

सङ्घले चारवटै जिल्लाका कोभिड–१९ सङ्कट नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिलाई मेची अभियानमार्फत सो अक्सिजन कन्सन्टे«टर हस्तान्तरण गरेको छ । अभियानका संयोजक विजय डालमियाले चारवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिसकेको बताए ।

प्रतिथान रु दुई लाख ३० हजारका दरले खरीद गरिएका अक्सिजन कन्सन्ट्रेटरमध्ये झापालाई १२, इलाम, पाँचथर र ताप्लेजुङलाई दुई–दुई थान हस्तान्तरण गरिएको उनको भनाइ छ । झापालगायत पूर्वी पहाडी जिल्लाका कोडिभ–१९ का बिरामीलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको पहलमा सङ्घले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।


प्रजिअ तथा कोभिड–१९ सङ्कट नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार तिम्सिनाले सङ्घबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर जिल्लाका १२ पालिकालाई तत्काल उपलब्ध गराएको बताए । उनका अनुसार अक्सिजन कन्सन्ट्रेटर प्राप्त गर्ने पालिकामा विर्तामोड, अर्जुनधारा, कनकाई, दमक, गौरादह, शिवसातक्षी नगरपालिका, हल्दिबारी, कचनकवल, झापा, बाह्रदशी, गौरीगञ्ज, कमल गाउँपालिका छन् ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।