ग्लोबल गोरखा समाजद्वरा ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
काठमाडौँ, ११, असार । ग्लोबल गोरखा समाजले जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्थाका लागि ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।समाजले ४० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो । आवश्यकताको पहिचान गरी स्थानीय तहमार्फत पालिकाको स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको हो ।
कोरोना भाइरस संक्रमण महामारीको जोखिमका बीच ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजन अभावको समस्या नहोस् भनेर अक्सिजन कन्सनट्रेटर वितरण गरिएको समाजका अध्यक्ष विनय अधिकारीले बताए । आवश्यकताको पहिचान गरी स्थानीय तहमार्फत पालिकाको स्वास्थ्य संस्थालाई अक्सिजन कन्सनट्रेटर उपलब्ध गराइएको उनले बताए ।
प्रवासमा रहेका नेपालीबीच अभियान चलाएर रकम संकलन गरिएको थियो । समाजले यसअघि पनि स्वास्थ्य सामग्री वितरण गरेको थियो ।