विश्वका ८५ देशमा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण संकट सिर्जना
काठमाडौँ, ११, असार। संसारका लागि कोरोना भाइरस संक्रमणको डेल्टा भेरियन्ट पुनः संकट सिर्जना गरेको छ। विश्व स्वास्थ्य संगठनले डेल्टा भेरियन्ट यसअघिका अन्य भेरियन्टको तुलनामा बढी संक्रामक रहेको जनाएको छ। यसै भाइरसको नयाँ रुप विश्वमा कोरोनाको नयाँ लहरको कारक बन्नसक्ने डब्लुएचओले जारी गरेको वैश्विक रिपोर्टअनुसार अल्फा भेरियन्ट संसारका १७० देशमा, बीटा ११९ देशमा, गामा ७१ देशमा र डेल्टा ८५ देशमा फैलिएको छ ।









