image
image

 नेपाली राजदूतले गरे कतारी प्रधानमन्त्रीको उच्च प्रशंसा

काठमाडौँ १० असार । कतारका लागि नेपाली राजदूत डा नारदनाथ भारद्वाजले कतारी प्रधानमन्त्रीको उच्च प्रशंसा गरेका छन् । उनले एक अन्तर्वार्तामा कतारको विकास र आधुनिकीकरणको मुद्धालाई उठान गरेका थिए। जसले कतारी जनतालाई हौसला प्रदान गरेको धारणा राजदूत भारद्वाजले व्यक्त गरेका छन्।


कोभिड–१९ महामारीको दोस्रो लहर नियन्त्रण गर्ने क्रममा संक्रमितको पहिचान, क्वारेन्टाइन र उपचार गर्न कतार सरकारले लिएको वैज्ञानिक र व्यावहारिक दृष्टिकोणले सबैको मन जितेको उनको भनाई थियो। कतारी स्वास्थ्य अधिकारी जनतामा विश्वास दिलाउन सफल भएको कारण सरकारी नीतिलाई पूर्ण समर्थन मिलेको उनको विचार थियो। त्यस्तै कतारको विकास र आधुनिकीकरणको मुद्धालाई उठान गर्दै त्यसले कतारी जनतालाई हौसला प्रदान गरेको बताए ।


जनस्वास्थ्य र अर्थतन्त्रबीच सन्तुलन कायम गर्दै कतारले संकटको बेला सफल शासन प्रणाली लागु गर्दै उदाहरण प्रस्तुत गरेको उनको भनाई थियो। राजदूत भारद्धाजले भनेका छन्, ‘अब कतारले छिटै महामारीको प्रभावलाई न्युनिकरण गर्नेछ र आफ्ना नियमित गतिविधि पुनः सञ्चालन गर्दै पहिलेको अवस्थामा फर्कनेमा म विश्वस्त छु।’

त्यस्तै कतारी प्रधानमन्त्रीले प्रवासी श्रमिकको सन्दर्भमा व्यक्त गरेको धारणाको पनि उच्च प्रशंसा गर्दै राजदुतले प्रवासी श्रमिकको लागि सम्मानजनक जीवन सुनिश्चित गर्न प्रधानमन्त्रीले व्यक्त गरेको प्रतिबद्धता सराहनीय रहेको बताए ।    

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।