image
image

बैदौली स्वास्थ्य चौकीलाई ५ थान अक्सिजन कन्स्ट्रेटर सहयोग

काठमाडौँ, ९, असार । कपिलवस्तु यशोधरा गाँउपालिकाले बैदौली स्वास्थ्य चौकीले सञ्चालन गरेको अस्थायी कोभिड–१९ अस्पताललाई खालस एड इन्टरनेस्नलद्धारा ५ थान अक्सिजन कन्स्ट्रेटर सहयोग गरेको छ ।

उक्त सामाग्री हस्तान्तरण गर्दै सामाजिक अभियन्ता अब्दुल मोविन खानले समुदायमा रहेको स्वास्थ्य सेवालाई समेत प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन उपकरण सहयोग गरिएको बताए ।

अक्सिजन कन्स्ट्रेटर यशोधरा गाउपालिकाका स्वास्थ्य इकाईको अथक प्रयास बाट प्राप्त भएको हो । उक्त स्वास्थ्य सामग्री ग्रहण गर्दै यशोधरा गाँउपालिकाका स्वास्थ्य इकाई प्रमुख विरेन्द्र कुमार मिश्राले स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले यसमा सबैले ध्यान दिनु पर्ने बताए ।

उनले प्राप्त गरेको उपकरणको सही सदुपयोग हुने समेत प्रतिवद्धता जनाए । हस्तन्तरण कार्यक्रममा शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह, मोहित मिश्रा, अब्दुल करिम लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।