कुवेत प्रवेशका लागि नेपाली श्रमिकलाई दोस्रो खोप अनिवार्य
काठमाडौँ ८ असार । कुवेत सरकारले १ अगस्टदेखि लागू हुने गरी केही नियम परिवर्तन गरेर कुवेत प्रवेशका लागि नेपाली श्रमिकले दोस्रो खोप अनिवार्य लगाउनै पर्ने नियम लागू गरेको छ । फाइजर खोपको पहिलो मात्रा लगाएका श्रमिकले दोस्रो मात्रा १० सातापछि मात्र लगाउन पाउँछन्।अक्सफोर्ड खोपको पहिलो मात्रा लगाएका श्रमिकले दोस्रो मात्रा लगाउनको लागि १६ साता पर्खनु पर्दछ। यसबीचमा कुवेतछाडी अन्यत्र यात्रामा निस्कने श्रमिक संक्रमित भइहालेमा कुवेत प्रवेश गर्न नपाउने बताईएको छ ।
सरकारी स्रोतका अनुसार कोभिडविरुद्धको खोपको सम्पूर्ण मात्रा लिएका प्रवासी कुवेतमा प्रवेश पाउने बताईएको छ। अति जोखिममुलुकको सूचीमा भएका देशबाट समेत कुवेत प्रस्थान गर्ने प्रवासीले अब १४ दिन क्वारेन्टाइन बस्नुपर्ने छैन। त्यस्तै
कुवेत सरकारले स्वीकृति प्रदान गरेको खोपप्राप्त श्रमिकले कुवेत प्रवेशसँगै ७२ घण्टा पहिलेसम्मको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नु पर्नेछ।