image
image

अमेरिकाले नेपालसहित एसियाली मुलुकलाई एक करोड ६० लाख खोप दिने घोषणा 

काठमाडौं, ८, असार। अमेरिकाले नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्स मार्फत थप १ करोड ६० लाख खोप विनियोजन गरेको छ ।विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्तसम्म ८ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले यस अगाडि दुई करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गरेको थियो ।

सोमबार अमेरिकाले बाँकी ५ करोड ५० लाख खोप वितरणको विस्तृत विवरण सार्वजनिक गरेको छ । जस अनुसार एसियाका १८ मुलुकहरुलाई कोभ्याक्स मार्फत १ करोड ६० लाख खोप वितरण गरिने छ ।

यस अगाडि जुन ३ मा अमेरिकाले एसियाली मुलुकहरुलाई ७० लाख खोप विनियोजन गरेको थियो । पहिलो चरणमा गरिएको सो खोप विभिन्न मुलुकहरुमा पुग्ने क्रममा रहेको ह्वाइट हाउसले जनाएको छ । पहिलो चरणमा घोषणा गरिएको खोप जुन महिनाभित्र यी मुलुकहरुमा पुग्ने अमेरिकाले जनाएको छ ।

अमेरिकाले खोप दिने घोषणा गरेका एसियाली मुलुकहरुमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, मलेसिया, लाओस, पपुवा न्यूगिनी, ताइवान, कम्बोडिया र प्यासिफिक आइल्याण्ड रहेका छन् । पहिलो चरणमा एसियाली मुलुकलाई एकदमै थोरै खोप वितरण गरेको अमेरिकाले यस पटक भने यस क्षेत्रलाई सबैभन्दा बढी विनियोजन गरेको छ ।

अमेरिकाले विभिन्न मुलुकलाई दिने भनेको ८ करोड खोपमध्ये ७५ प्रतिशत खोप कोभ्याक्समार्फत वितरण गर्नेछ भने बाँकी २५ प्रतिशत उसले विभिन्न मुलुकलाई सिधै वितरण गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।