image
image

कोरोना संक्रमण बढेसँगै खोप कार्यक्रमलाई तीव्रता दिने अष्ट्रेलियाको तयारी

काठमाडौँ, ७, असार । कोरोना भाइरस संक्रमण महामारी बढेसँगै अष्ट्रेलियाले खोप अभियानलाई तीव्रता दिने तयारी गरेको छ । सोमबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले अब छिटै नै मुलुकका राज्यहरमा ठुलो संख्यामा कोरोना खोप पठाइने बताएका छन् । अष्ट्रेलियामा राज्यहरुले यसअघि नै केन्द्र सरकारलाई खोप आपुर्ति बढाउन आग्रह गरेका थिए । उनिहरुले अतिरिक्त खोपहरु पाउँदैछन्, जुलाइृ महिनामा फाइजरबाट थप खोप आएसँगै यो संख्या अझै बढ्न्छ, मौरिसनले भने । यद्यपि उनको कुन राज्यले कति खोप पाउँछन् भन्ने खुलाएनन् ।

अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले खोप कार्यक्रमले आगामी खगष्टबाट तीव्रता पाउन सक्ने बताएका छन् । अहिलो अष्ट्रेलियामा फाइजर र एस्ट्राजेनेकाको दुई कोरोना भाइरस खोपलाई अनुमति दिइएको छ । जसमध्ये उसले फाइजरको खोप अन्य मुलुकबाट ल्याउनुपर्छ भने एस्ट्राजेनेकाको खोप स्थानीयरुपमा नै उत्पादन गर्दै आएको छ । 

अधिकारीहरुका अनुसार यसै महिनामा अष्ट्रेलियामा फाइजरको २३ लाख डोज खोप आउनेछ भने आगामी महिनामा ३४ लाख डोज खोप आउन सक्ने अनुमान छ । अहिलेसम्म अष्ट्रेलियामा समग्रमा ६५ लाख डोज कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ । अष्ट्रेलियाका चार प्रतिशत मानिसले मात्र कोरोना खोपको पुरा डोज पाएका छन् । कम्तीमा एक डोज खोप पाउनेको संख्या २५ प्रतिशतभन्दा धेरै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।