भारतमा पछिल्ले २४ घण्टामा ६० हजारभन्दा कम संक्रमित भेटिए
काठमाडौँ, ६, असार। कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहरमा अत्यधिक प्रभावित बनेको भारतमा ८१ दिनपछि ६० हजारभन्दा कम संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ४१९ संक्रमित थपिएका छन् भने १ हजार ५७६ जनाको मृत्यु भएको छ। यो अवधिमा ८७ हजार ६१९ जना संक्रमणमुक्त भएका छन्। भारतमा २४ घन्टामा ३९ लाख १० हजार ५५४ जनाले खोप लगाएका छन्।









