महाकाली अस्पतालको ओपिडी सेवा सञ्चालन हुने
महाकाली ५ असार । महाकाली प्रादेशिक अस्पतालको लामो समय देखि बन्द रहेको ओपिडी सेवा सञ्चालन गरिने भएको छ । कोरोना सङ्क्रमण बढेसंगै बन्द गरिएको ओपिडी सेवा आइतवार देखि सञ्चालनमा आउन लागेको हो ।
अस्पतालमा कोरोनाका बिरामीहरुको सङ्ख्या घटदो क्रममा रहेकाले सो सेवा सञ्चालन गरिन लागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार सामाजिक दूरी कायम गरी प्रति दिन २० जनालाई उक्त सेवा दिईने छ ।-









