image
image

एमएम कप फाउन्डेसनले ईनरुवामा खाद्यान्नसहीत स्वास्थ्य सामाग्री वितरण

काठमाडौँ, ४, असार। एमएम कप फाउन्डेसनले सुनसरीको ईनरुवामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ। कोरोना महामारीका बेला अफ्ठेरोमा परेकालाई सहयोग गरेको फाउण्डेसनका अध्यक्ष बिप्लव घोषले जानकारी दिए। अध्यक्ष घोषको अग्रसरतामा समस्यामा रहेका परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो। एमएम कप फाउन्डेसनले बिभिन्न समयमा समाजिक क्रियाकलाप गर्दै आईरहेको छ।

खासगरी नेपाली खेलकुद त्यसमा पनि क्रिकेट विकासको लागि लागिपरेको यो संस्थाले एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ। यसअघि पनि यो संस्थाले कोरोनाको समयमा सुनसरी जिल्ला बिभिन्न सोसाईटी तथा संघ संस्थाहरुलाई सहयोग गरेको थियो। संस्थाका अध्यक्ष बिप्लव घोषले अहिलेको बिषम परिस्थितीमा कोरोना बिरुद्व सबै एकजुट भएर लडनुपर्ने र देशलाई अप्ठयारो परेको बेलमा एमएम कप फाउन्डेसन सहयोग गर्न सदैव तयार रहेको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।