कोभिड कोषमा हेफरद्वरा २७ लाख सहयोग
काठमाडौँ, ४, असार। कोरोना भाइरस संक्रमण महामारी विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँका चार स्थानीय तहमा २७ लाख सहयोग गरेको छ। हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएको देवघाट गाउँपालिकालाई १५ लाख तथा भिमाद, व्यास र शुक्लागण्डकी नगरपालिकालाई चाररचार लाख सहयोग गरेको छ। उक्त रकम अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयू, एक्सरे मेसिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्नेछ।









