फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक
दुल्लू - शारिरीक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका–१ कुइकानाका ४८ वर्षीय चक्रबहादुर खत्री अन्य मानिस सरह हिँडडुल गर्न सक्दैनन्। त्रिभुवन नमूना माविमा कक्षा ८ सम्म अध्ययनरत गर्दा खत्री फरक क्षमताका थिएनन्। अन्य मानिस सरह नै हिँडडुल गर्थे। गाउँमा नयाँ घर बनाउँदै गर्दा नशामा समस्या आएपछि खत्रीका दुःखका दिन शुरु भए।
सत्र वर्षसम्म ठमठम हिँड्ने छोरा हिँडडुल गर्न नसक्दा आमाबाबु चिन्तित बने। छोराको उपचारका लागि विभिन्न अस्पतालमा गएर परीक्षण गराए पनि छोरालाई सञ्चो भएन। छोराको हाडजोर्नीमा समस्या छ। चिकित्सकले सजलैसँग सञ्चो हुँदैन भनेपछि घरमा बस्नुबाहेक अर्को विकल्प रहेन। सधैं काम गरेको छोरा हिँडडुल गर्न नसक्दा आमाबाबुलाई चिन्ता लाग्नु स्वभाविकै थियो।
चक्रबहादुरले भने हिम्मत हारेनन्। तरकारी फलाएर पैसा कमाउने सोच बनाए। तरकारी खेतीतिर लागे। सोचलाई शक्तिमा बदले। फरक क्षमता भएका खत्री आजभोलि त्यही तरकारी खेतीबाट गाउँकै अगुवा कृषक कहलिएका छन्।
खत्रीको तरकारी उत्पादन हेर्दा प्राविधिक कृषि विज्ञले नै उत्पादन गरेजस्तो देखिन्छ। ‘मैले लगाएको खेती देखेर कृषि कार्यालयका कर्मचारी नै छक्क पर्छन्। मैले एउटै बोट काउलीमा पाँचदेखि सात किलोसम्मको उत्पादन गरेको छु’, उनले भने। उनको बारीमा आजभोलि गोलभेंडाको बोटमा लटरम्म दाना फलेका छन्। गोलभेंडाको एउटै बोटमा राम्रो फले २० किलोसम्म फलाउन सकिने उनको भनाइ छ। गोलभेंडाबाट सबैभन्दा बढी आम्दानी गर्न सकिने तरकारीमा पर्दछ।
गाउँकै अगुवा कृषक कहलिएका खत्रीले तरकारी खेतीबाट वार्षिक तीन लाख आम्दानी गर्छन्। बाबुको हौसलाबाट तरकारी उत्पादनमा लागेको उनले बताए। उनका बुबा कृषि कार्यालयमा सहयोगी थिए। ‘बुबाकै प्रेरणा गर्दा आज म गाउँकै अगुवा कृषक भएको छु’, खत्रीले भने।
मलबिना राम्रो उत्पादन गर्न नसकिने हुँदा खत्रीले तरकारी खेतीको लागि बाख्रा, भैँसी, गाई पाल्नु भएको छ। उनको १२ जनाको परिवार यही तरकारी खेतीबाट पालिएको छ। उनी भन्छन्, ‘मैले छोराछोरी जहान परिवार यसैबाट पालेको छु। परिवारको सहयोगले नै मैले बारीमा विभिन्न प्रकारका तरकारी फलाउन सफल भएको छु।’
खत्रीले चार रोपनीमा तरकारी खेती गरेका छन्। उनले बारीमा मौसमी बेमौसमी सिमी, आलु, गोलभेंडा, काउली, बन्दाकाउली लगाएका छ्न्। तरकारीले बारीका गह्रा हराभरा देखिएका छन्। दैलेख क्षेत्र–२ जाने मूलबाटोमै उनको तरकारीखेती भएकाले अधिकांश हिँडडुल गर्ने बटुवालेसमेत खत्रीको प्रशंसा गर्ने गरेको छोरा ओम खत्रीले बताए।
तीनै फरक क्षमताका कृषक खत्री अधिकांश युवालाई विदेश नजान सल्लाह सुझाव दिने गर्छन्। स्वदेशमा पसिना बगाए सुन फल्ने उनको भनाइ छ। स्वदेशमा पैसा छैन भनेर विदेशमा भौंतारिने युवा अल्छी भएर विदेशिएको बताउँछन्।
विदेशमा काम नगरेर धेरै पैसा कमाउन सकिन्छ भनेर धेरै युवा ऋण काढेर खाडी मुलुक जाने गर्छन्। उनी भन्छन्, ‘त्यहाँ गएपछि काम गर्नुपर्दो रहेछ भनेर थाहा पाएर आउँछन्। अनि स्वदेशमै काम गर्न थाल्छन्। पहिलेदेखि आफ्नै माटोलाई गोडमेल गरेको भए विदेशमा जानु पर्दैनथ्यो।’
खत्रीले १५ वर्षअघि कृषि कार्यालयबाट लिएको ४० हजारको अनुदानबाहेक अरु कुनै सरकारी एवं गैरसरकारी संस्थाबाट सहयोग लिएका छैनन्। गत वर्ष वडा कार्यालयले पोलिहाउस बनाउन दिएको प्लास्टिक एक पटकको तरकारी उत्पादन नहुँदै च्यातियो। उनी उत्पादित तरकारीलाई बजारको कुनै समस्या नभएको बताउँछन्। ‘घरमै आएर लैजान्छन्। बजारको कुनै समस्या छैन,’ उनले भने। वडा कार्यालयले बेलैमा बिउबिजन र बेलाबेलामा कृषि प्राविधिक पठाइदिए तरकारीखेतीमा कुनै रोग लागेमा समयमै उपचार गर्न सकिने उनको भनाइ छ।